Comments Add Comment

एकसाथ डेब्यूः ‘सुपुष्पा र उपासनालाई फाप्यो, प्रियंका र सुवेच्छालाई फापेन’

कुनै पनि कलाकारका लागि डेब्यू चलचित्र विशेष हुन्छ । विशेष यसकारण कि, पहिलो चलचित्र नै चलिदियो वा दर्शकले काम मन पराइदिए भने आगामी बाटो सहज हुन्छ । कहिलेकाही अपेक्षा गरिएका कलाकार डेब्यूमा असफल हुन्छन् । तर, दर्शक र मिडियाले नै खासै अपेक्षा नगरेका कलाकार चम्किन्छन् ।

गतबर्ष रिलिज भएका २ चलचित्रबाट डेब्यू गरेका ४ नायिकामा पनि यही कुरा लागू हुन्छ । चलचित्र ‘रणवीर’बाट एकसाथ डेब्यू गरेका थिए सुवेच्छा खड्का र सुपुष्पा भट्टले । यो चलचित्रको प्रचार सामाग्री बाहिरिदा धेरैको आँखा सुवेच्छामा थियो । सुवेच्छा चलचित्र क्षेत्रमा चम्किन्छिन् भन्ने पनि अड्कल लगाइएको थियो । तर, चलचित्र रिलिज भएपछि अधिकांशले सुपुष्पाको प्रशंसा गरे ।

यसैले पनि होला, सुपुष्पा अहिले चम्किरहेकी छिन् । केमियो नै सही, उनले काम गरेको चलचित्र ‘छ माया छपक्कै’ बक्स अफिसमा चम्किएको छ । यसले उनलाई पक्कै फाइदा दिनेछ । अर्कोतिर, उनी चलचित्र ‘चपली हाइट ३’मा पनि काम गर्दैछिन् ।

चलचित्र ‘क्याप्टेन’बाट नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभी भित्रिएका थिए । निर्माणपक्षले दुई नायिकालाई साइन गर्दा पनि प्रियंकामाथि आशा धेरै थियो । चलचित्रको प्रचार सामाग्री सार्वजनिक हुँदा धेरैको आँखा प्रियंकामाथि नै थियो ।

तर, चलचित्र रिलिज भैसकेपछि उपासनाको भाग्य चम्कियो । उनको कामको तारिफ भयो । उनले अभिनय गरेको दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि सुपरहिट भैसकेको छ । यसैले, उपासनालाई चलचित्र क्षेत्रको उदाउँदी नायिकाको रुपमा हेर्न थालिएको छ । सुवेच्छा र प्रियंकालाई भने दोश्रो चलचित्रका लागि नै समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment