Comments Add Comment

अनिश्चित बूढीगण्डकीका लागि कर, पेट्रोलियम पदार्थ प्रतिलिटर ४ रुपैयाँ महँगो

१ कात्तिक, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका २१ नेता पक्राउदेखि सडक सास्तीसम्मका विषय आजका दैनिक पत्रिकाहरूमा हेडलाइन बनेको छ ।

अन्नपूर्णले ‘सडकमा सास्ती’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । पछिल्लो समय सवारीको चाप बढेको र परिणामतः उपत्यकाका सडकमा सर्वसाधारणले दुःख पाउन थालेको समाचारको सार छ ।

अनिश्चित बूढीगण्डकीका लागि भन्दै सरकारले इन्धनमा अतिरिक्त कर उठाएको विषयलाई पनि आज अन्नपूर्णले प्राथमिकतापूर्वक उठाएको छ । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला कर उठाउन थालिएको र यसको निर्माण अनिश्चित हुँदा पनि यथावत् उठाइराखिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

अन्नपूर्ण लेख्छ– आयल निगमका अनुसार घोषणा भएदेखि हालसम्म ३५ अर्ब ३२ करोड रुपैयाँ उठेको छ । पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले ०७२/७३ देखि पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन सुरु गरेको हो । यो वर्षको भदौसम्ममा मात्रै यसबाट १ अर्ब ४२२ करोड ५१ लाख रुपैयाँ उठेको छ । अन्नपूर्णका अनुसार यसरी कर उठाउँदा पेट्रोल, डिजेल र हवाई इन्धन तीनदेखि ४ रुपैयाँसम्म महँगो परेको छ ।

चेन्दुमा महावाणिज्य दूतावास आवश्यक नरहेको निष्कर्ष निकाल्दै अन्नपूर्णले किन राख्न लागिएको भन्ने प्रश्न पनि सरकारसँग गरेको छ ।

चीनसँग गरिएको रणनीतिक साझेदारी कुनै सैन्य वा राजनीतिक गठबन्धन नभएको भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार त्यस्तो रणनीतिक साझेदारी आर्थिक–सामाजिक विकासका लागि गरिएको पुष्ट्याइ प्रधानमन्त्रीले दिएका छन् ।

नेकपाका २१ नेता कसरी पक्राउ परे भन्ने विवरणलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा स्थान दिएको छ । नेकपाका यी नेता बैठक बसिरहेका बेला बिहीबार पक्राउ परेका थिए ।

परिवर्तनमा हामीबाटै खतरा भनेर प्रचण्डले जनाएको चिन्ताललगायत विषयलाई नागरिकले पहिलो पृष्ठमा समेटेको छ ।

ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमा परेकोलाई गोरखापत्रले एंकर बनाएको छ भने राजधानीले मिर्गौला तस्करीबारे मुख्य समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment