Comments Add Comment

कार्ल्सबर्ग गल्फ सिरिज् २०१९ मेजर निश्चय रायमाझीले जिते

३ कात्तिक, काठमाडौं । कार्ल्सबर्ग गल्फसिरिज् २०१९ को अन्तिमलेग् अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको अन्तिम सिरिज् भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा देखिएको थियो।

तीनवटा सिरिज् मध्येको अन्तिम सिरिज्मा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो ।

मेजर निश्चय रायमाझीले २७५ अंकप्राप्त गरी टप पोजिसन हासिल गरेर काल्र्सबर्ग गल्फसिरिज् २०१९को नेट च्याम्पीयन भएका छन् । यसका साथै उनले मलेसियामा हुने गल्फ टुर्नामेन्टमा सहभागि हुने अवसर प्राप्त गरेका छन् साथै तासी क्षिरिङ्ग २१० अंकप्राप्त गरी सिरिज्को ग्रस च्याम्पीयन बन्न सफल भएका छन् ।

मेजर निश्चय रायमाझीले ३७ अंकप्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने तासी क्षिरिङ्गले ३५ अंक प्राप्त गरी अन्तिम सिरिज्को ग्रस विजेता बन्न सफल भएका छन् । यसैगरी राज प्रधान ३५ अंक काउन्ट ब्याकका साथनेट उप–विजेता बने ।

३०अंक काउन्ट ब्याकका साथ प्रतिभा राई महिलातर्फको विजेता बन्न सफल भएकी छिन् भने ३० अंक काउन्ट ब्याकका साथ करिस्मा साहउप विजेता बनेकी छिन् । यसैगरी ६०वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा३४अंकका साथश्री मदन राणा विजेता भए।

५ बर्डिज साथ विजय एस. इनहउस ले मष्ट बर्डिजका उपाधि जिते । वाङ्गछेन धोन्डोप र लि उई जिले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।

¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा१८ वटा होल्स थिए र ८५ गल्फर सहभागी भएका थिए ।

सुहृद घिमिरे, गोकर्ण गल्फ क्लबका अध्यक्षले भने, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फसिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ । गल्फसँगको आवद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै काल्र्सबर्ग सहयोगी प्रायोजकको रुपमा अगाडि आइरहेको छ ।”

रोजन अमात्य, गोर्खा बु्रअरीका बजार प्रबन्धकले भने, “यस प्रतियोगिता प्रतिहामीले निकै नै उत्कृष्ट प्रतिक्रीयाप्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्तगर्दछौं । यसका साथै हामीहाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफलबनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”

गोकर्ण फरेष्ट रिसर्टका प्रमुख गल्प निर्देशक दीपक आचार्य,का अनुसार काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । ‘गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment