Comments Add Comment

६३ जना एचआईभी संक्रमित खोज्न परियोजना !

५ कात्तिक, वीरगञ्ज । पर्सामा तत्कालिन जिल्ला एड्स समन्वय समितिले ४ सय जना एचआईभी संक्रमित रहेको अनुमान गरेको छ ।

तर नारायणी अस्पतालमा रहेको एआरटी सेन्टरबाट ३ सय १९ जनाले मात्रै एआरभी सेवा लिइरहेका छन् । ८१ जनाले औषधि सेवन नगरेको अनुमान छ ।

स्वास्थ्यकर्मीका अनुसार एचआईभी संक्रमित व्यक्तिले औषधि सेवन नगर्दासम्म अरुलाई एचआईभी संक्रमणको जोखिम बढी हुने र संक्रमितको मृत्यु सम्भावना हुन्छ ।

पर्सामा एउटा संस्थाले अबको एक वर्षमा लुकेर बसेका त्यस्ता संक्रमित मध्ये ६३ जनालाई खोजेर उपचारमा ल्याउने र नियमित औषधि सेवन गराउने लक्ष्य लिएर कार्यक्रम शुरु गरेको छ ।

युएसआईडीको आर्थिक सहयोग तथा एफएचआई ३६० को साझेदारीमा विद्यार्थी जागरण मञ्च विजामले अक्टुबर २०१९ देखि सञ्चालन गर्न लागेको लिंकेज परियोजनाले पर्सा जिल्लामा लुकेर रहेका संक्रमित पत्ता लगाउने दावी गरेको छ ।

वीरगञ्जमा मंगलबार पर्सा जिल्ला स्थित १४ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनीधिलगायत जिल्ला स्तरीय सरोकारवालालाई संस्थाले परियोजना बारे जानकारी गराएको हो ।

परियोजनाका लागि १ करोड १७ लाख २५ हजार ५ सय ३४ रुपैयाँ बजेट आएको छ । परियोजनामार्फत जिल्लामा १ हजार ६ सय ५६ जनाको एचआईभी परीक्षण गर्ने, कम्तीमा ६३ जना लुकेका संक्रमित पत्ता लगाउने, ७७ जनालाई एआरटी सुविधा दिने, १ सय ४८ जनालाई हेरविचार गर्ने विजामका अनोज खड्काले जानकारी दिए ।

राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रले २०१८ जुलाईमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म नेपालमा ३२ हजार ७ सय ४७ जना संक्रमित फेला परेकोमा २१ हजार १ सय ४८ जना मात्रै जिवित छन् ।

नेपालमा २९ हजनार ९ सय ९४ जना एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment