Comments Add Comment

‘मिस्टर नेपाली’को ट्रेलर रिलिज, भूवन केसी भिलेन

कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।

चलचित्रको ट्रेलर हेर्दा नायक केसी भिलेनको रुपमा देखिएका छन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी छ ।

यो चलचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्रबाट साहिल श्रेष्ठ र कुसुम राउत यो क्षेत्रमा भित्रिदैछन् । साहिल र भूवनको टकराव चलचित्रमा हेर्न पाइनेछ ।

चलचित्रले विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई प्रस्तुत गरेको छ । निर्देशक भुषालले चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए । ‘अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ’ भन्ने मुल मर्म चलचित्रले बोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment