+
+
Shares

मिस फारवेष्ट २०१९ को उपाधि कञ्चनपुरकी शितललाई

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १४:४६

७ कात्तिक, कैलाली । ‘मिस फारवेस्ट नेपाल २०१९’को दोश्रो संस्करणको उपाधि कञ्चनपुरकी शितल खड्का (प्रतिस्पर्धी नं.५)ले हात पारेकी छिन् । खड्कालाई मिस फारवेष्ट नेपाल २०१८ की विजेता मोनिका गुरुङ्गले ताज पहिराइन् ।

बुधबार अबेर राति धनगढीको शुभश्री प्यालेसमा भएको फाइनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धीर्हरुलाई उछिन्दै खड्काले उपाधि जितेकी हुन् । उपाधि सँगै खड्काले नगद १ लाख रुपैयाँ प्राप्त गरेकि छिन् ।

त्यस्तै, फर्स्ट रनरअप जितेकी डडेल्धुराकी कोहिनुर मल्लले ५० हजार नगद प्राप्त गरिन् । सेकेण्ड रनरअप भएकी कैलालीकी स्मारिका बमले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

रोयल कोराबोरेटिम्भ प्रा.लि धनगढीले आयोजना गरेको मिस फारवेष्ट नेपाल २०१९ को मुख्य निर्णायकमा हिडेन ट्रेजरका सीईओ गोपाललाल सुन्दर कक्षपति रहेका थिए भने अन्य निर्णायकहरुमा मिस नेपाल २०१३ की इशानी श्रेष्ठ, नायिका याना शर्मा र फिल्म निर्माता सरोज न्यौपाने रहेका थिए ।

रोयल कोराबोरेटिम्भ प्रा.लिका अध्यक्ष गजेन्द्रबिक्रम शाहीले सुदूरपश्चिममा रहेका प्रतिभाहरुलाई स्थान दिनका लागि २०१८ बाट मिस फारवेष्ट नेपालको आयोजना गरेको बताए ।

उनले यो प्रतियोगिताले ‘भिजिट नेपाल वर्ष २०२०’लाई समेत टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?