Comments Add Comment

अच्युत आननको ‘वसन्ती प्रेम’ बजारमा

अच्युत आनन लिखित उपन्यास ‘वसन्ती प्रेम’ सार्वजनिक भएको छ ।

राजाधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा लेखक कुमार नगरकोटी, नायक आर्यन सिग्देल, लेखनकुन्जका प्रमुख कमल ढकाल, समाजसेवी राजा पराजुली लेखक, समाजसेवी रामचन्द्र सिग्देल, अच्युत आनन र खेलाडी एवम समाजसेवी डिएन घिसिङले संयुक्त रुपमा विमोचन गरे ।

पुस्तकबारे विवेचना गर्दै लेखनकुन्ज अध्यक्ष कमल ढकालले यो उपन्यासले रोजा र राजेनको प्रेम यो धर्तिमा अमर राखेको मात्र नभई नेपाली साहित्यमा अद्धितिय छाप छाडेको बताए । उनले भने, ‘भाषा शैली र विम्बको प्रयोगले प्रकृति र जीवनलाई अर्कै धारणामा छाडेको छ ।’

लेखक अच्युत आनन्ले ‘१२ बर्ष देखि मेरो मनभित्र र कपिमा रहेको रोजा र राजेन् आजदेखि पाठकको भएको’ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment