+
+
Shares

अमेरिकाले भन्यो-नेपालमा चीनको प्रभाव बढ्यो

दबाबमा धर्म परिवर्तनमाथि बन्देज

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते २२:१८

६ कात्तिक, काठमाडौं । उत्तरी छिमेकी देशका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणबाट फर्किए लगत्तै अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ ।

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले बुधबार त्यहाँको एक संसदीय उपसमितिमा दिएको लिखित वक्तव्यमा नेपालमा चीनको प्रभाव बढेकै कारण तिब्बती समुदायमाथि रोकावट भइरहेको बताएकी छन् ।

एलिसले अमेरिकी संसदको विदेश मामिला सम्बन्धी एक उपसमितिमा भनेकी छन्, ‘नेपाल सरकारले तिब्बती बुद्धमार्गीहरुका गतिविधिमाथिको रोक बढाएको छ । दलाई लामाको जन्मदिन मनाउन समेत बन्देज लगाएको छ ।’

यसअघि अमेरिकी विदेश सहायकमन्त्रीले नेपालमा चीनको गतिबिधि र प्रभाव बढेको टिप्पणी गरेका थिए । त्यस लगत्तै नेपालका लागि चिनियाँ राजदूतले अमेरिकी टिप्पणीको कडा शब्दमा निन्दा गर्दै नेपाल-चीन सम्बन्धमा कुनै टिप्पणी नगर्न चेतावनी दिएका थिए ।

२५ असोजमा नेपाल आएका राष्ट्रपति सीले चीनको विभाजन चाहने र त्यस्ता गतिबिधि गर्नेहरुलाई धुलोपिठो पार्ने चेतावनी दिएका थिए । उनको संकेत पनि अमेरिका र तिब्बती पृथकतावादीहरुलाई समर्थन गर्ने पश्चिमा मुलुकप्रति हो ।

अल्पसंख्यक समूह जोमिखमा

अमेरिकाले नेपालमा धार्मिक अल्पसंख्यक समूह जोखिममा परेको दाबी समेत गरेको छ ।

नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुमा आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न पाइने भनिएपनि धार्मिक स्वतन्त्रतामाथि व्यवहारिक चुनौती कायमै रहेको अमेरिकाको भनाइ छ । विदेश सहायकमन्त्री एलिसले भनेकी छन्, ‘सन् २०१८ मा ल्याइएको फौजदारी संहितामार्फत दबाबमा धर्म परिवर्तनलाई बन्देज लगाएको छ । यसले धार्मिक अल्पसंख्यक समूहलाई जोमिखमा पारेको छ ।’

उनको वक्तव्यमा नेपालले लोकतान्त्रिक यात्रा र नागरिक अधिकारको संरक्षणमा उल्लेख्य प्रगति गरेको समेत उल्लेख छ ।

सहायकमन्त्री एलिसले स्वतन्त्र र खुला सन्चार तथा नागरिक तथा राजनीतिक स्वतन्त्रतातर्फ पनि नेपालले प्रगति गरेको बताएकी छन् । अनलाइन मिडिया निर्देशिका लगायत कतिपय निर्देशिकाहरुमा जन सरोकारलाई सम्बोधन गर्दै नेपाल सरकारले संविधान प्रदत्त अधिकारलाई बिधायिकामार्फत सम्बोधन गर्न प्रतिबद्धता जनाएको उनले बताएकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?