Comments Add Comment

पाल्पाको नुवाकोटबारे लेखिएको पुस्तक विमोचन

३० असोज बुटवल । इतिहासमा आधारित पुस्तक पाल्पा नुवाकोट : द ट्राभलिङ हेरिटेज को बुटवलमा विमोचन गरिएको छ । सस्कृतिविद् निर्मलकुमार श्रेष्ठले लेखेको पुस्तकको विहीबार नेपालका कम्युनिस्ट पार्टी (नेकपा)का महसचिव विष्णुप्रसाद पौडेलले लोकार्पण गरे ।

कार्यक्रममा पौडेलले पाल्पाको नुवाकोट एउटा ज्युँदो इतिहास भएको बताएका थिए । उनले इतिहास संरक्षणमा नुवाकोट विकास समितिले गरेको कार्य उल्लेखनीय रहेको भन्दै वीर पुर्खाहरुले आर्जन गरेको इतिहासलाई सधैंका लागि साक्षी राख्नुपर्ने बताएका थिए ।

नुवाकोट विकास समितिका अध्यक्ष माधवप्रसाद नेपालले समितिले इतिहास संरक्षण, प्रवद्र्धनमा विशेष भूमिका खेलिरहेको जानकारी दिँदै आगामी दिनमा यसलाई थप निरन्तता दिने बताए ।

पुस्तक नुवाकोट विकास समिति बुटवले प्रकाशन गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले इतिहास संरक्षण, प्रवर्द्धन र शोध तथा लेखन कार्यमा बुटवल उपमानगरपालिका जहिले पनि तयार रहेको बताए । लेखक निर्मल कुमार श्रेष्ठले आफूले गरेको सोधखोजबाट उत्कृष्ट ऐतिहासिक दस्तावेजको रुपमा पुस्तक प्रकाशन गरिएको बताए ।

कार्यक्रममा लेखक तथा साहित्यकार डीबी गुरुङ र सूर्यबहादुर जिसीले पुस्तकको समीक्षा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment