Comments Add Comment

धनतरेसको दिन गर्नुपर्ने कामहरु

हिन्दुहरुको दोस्रो महान चार्ड तिहारलाई हामी पाँच दिनसम्म मनाउने गर्छौं । ती पाँच दिनको आफ्नै भिन्दै महत्व र मान्यता रहेको छ । तिहारको पहिलो दिन काग तिहार हो । यो दिन हामी कागलाई पूजा गरेर खाना खान दिन्छौं । यो दिन काग सँगसँगै हामी लक्ष्मी, कुवेर र धनवन्तरिको पनि पूजा गर्छौं ।

यो दिन मानिसहरु देवी माता लक्ष्मी र कुवेरलाई प्रसन्न गर्नको लागि विभिन्न उपायहरु गर्छन् । यो दिन देवी माता लक्ष्मीलाई खुशी बनाउन सकियो भने वर्षभरी नै तपाईंले कुनै किसिमको समस्या हुँदैन भन्ने धार्मिक विश्वास छ । त्यसैले आज हामी तपाईंलाई धन्तेरसमा गर्ने त्यस्ता केही विशेष उपायहरुको बारेमा जानकारी दिँदैछौ । जसले तपाईलाई फाइदा प्राप्त हुन्छ ।

धनतेरसमा गर्नु पर्ने कामहरु

दियो ल्याउनुपर्छ

धन्तेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ । त्यो कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नुपर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ ।

यो मन्त्रका साथ जप गर्नुपर्छ

साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन-धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा धनको कमी हुँदैन भन्ने किंवदन्ती छ ।

२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ

राति बिउहरुबाट अभिमन्त्रितत गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाधेर लक्ष्मी-कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ । यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरु कम हुन्छ भन्ने धार्मिक मान्यता छ ।

श्रीसूक्तको पाठ गर्नुपर्छ

धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ । यसो गर्दा तपाईलाई लाभ हुन्छ भन्ने विश्वास छ ।

चाँदीको सिक्का

धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ ।

धन सम्बन्धी समस्याको कमी

यदि तपाईंसँग पैसा टिँक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा पैसा टिक्न थाल्छ ।

धनसँगै सम्मान पनि प्राप्त हुन्छ भन्ने विश्वास

ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ ।

पर्समा राख्नुपर्ने कुरा

धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ । त्यसो गर्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ ।

श्रीयन्त्रको पूजा

धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment