Comments Add Comment

भारतमा बन्यो विश्वकै महंगो चकलेट, मूल्य सुन्दा पसिना छुट्नेछ

छिमेकी मुलुक भारतको चर्चित आइटीसी कम्पनीले विश्वकै सबैभन्दा महंगो चकलेट तयार गरेको छ ।

उक्त चकलेटको नाम ट्रिनिटी–ट्रफल्स एक्स्ट्राअर्डिनेयर हो राखिएको छ ।

यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैयाँ पर्दछ । यो चकलेटले विश्वको सबैभन्दा महंगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन समेत सफल भएको छ ।

दुनियाको सबैभन्दा महंगो यो चकलेटका ३ वटा प्रकार तयार गरिएको छ । पहिलोमा टाहिटियन भेनिल्ला बिन्ससँगै टोस्टेड कोकोनट गार्निसको प्रयोग गरिएको छ ।

अर्कोमा घाना डार्क चकलेट र जमैका ब्लू माउन्टेन कफीको मिश्रण रहेको छ भने तेश्रोमा डोमिनिक डार्क चकलेट प्रयोग गरिएको छ ।

यस चकलेटलाई फ्रान्सका चर्चित शेफ फिलिप कन्टिसिनी र फेबेलका मास्टर चकलेटियरले मिलेर बनाएका हुन् । स्मरण रहोस् फिलिप अहिले पेस्ट्री अफ ड्रिम्सका सह सस्थापक हुनुका साथै त्यहाँका प्रमुख पेस्ट्री शेफ पनि हुन् ।

यो चकलेट हातले बनाइएको एउटा काठको बाकसमा राखेर बिक्री हुनेछ । एक बक्समा १५ वटा चकलेटका गोला हुनेछन् र प्रत्येकको वजन १५ ग्राम हुनेछ । जस अनुसार एउटा बक्साको मूल्य १ लाख भारु तेकिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment