Comments Add Comment

तिलोत्तमामा महिन्द्रा विद्युतीय कारको शो रुम

७ कार्तिक, बुटवल । भारतीय कम्पनी महिन्द्राले उत्पादन गरेका विद्युतीय कारको विक्रि वितरणका लागि रुपन्देहीको तिलोत्तमा जानकीनगरमा शोरुम सञ्चालनमा आएको छ । अग्नि ग्रुपको महिन्द्रा इलेक्टि्रक भेहिकल्सको आधिकारिक विक्रेता अग्नी इनर्जी प्रालि अन्तर्गत ग्रीन ड्राइभ ग्रुप तिलोत्तामा सञ्चालनमा आएको हो ।

महिन्द्राका विद्युतीय कार विक्रिका लागि खुलेको यो शोरुम काठमाडौं उपत्यकापछि नेपालमै पहिलो हो । शोरुमबाट महिन्द्रा इटुओ र महिन्द्रा इभेरिटो कारको विक्रि तथा स्पेयर पार्ट्स र सर्भिसिङ सुविधा उपलब्ध रहेको ग्रीन ड्राइभ ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार खातीले बताए ।

तिलोत्तमामा शोरुम सञ्चालनमा आएसंगै महिन्द्राका विद्युतीय कार खरिदका लागि काठमाडौं धाउनुपर्ने वाधयताको अन्त्य भएको अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले बताए ।

महिन्द्राका विद्युतीय कारहरु वातावरणमैत्री, प्रतिकिलोमिटर एक रुपैयां मात्र लागत र कम मर्मतसम्भार मात्रै गरे पुग्ने भएकाले मितव्ययी हुने बताए । शोरुमको उद्घाटन गर्दै संविधान सभा सदस्य सीतादेवी बौडेल, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, निर्माण व्यवसायी महासंघ प्रदेश ५ उपाध्यक्ष मन्जु भुसाल, राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य कृष्ण नेपाललगायतले मुलुकको ब्यापार घाटा कम गर्न र वातावरण संरक्षणका लागि विद्युतीय कारलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशनहरु स्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

महिन्द्रा इटुओ पी फोरको २२लाख ६५ हजार,पी ६को २४ लाख र इभेरिटोको ३० लाख २० हजार मूल्य रहेको अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रवन्धक प्रमोद भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment