Comments Add Comment

पौडेल समूूह हलमा जान मानेन, कांग्रेस बैठक स्थगित

७ कात्तिक, काठमाडौं । उपचुनावका लागि उम्मेदवार छनोटबारे छलफल गर्न बोलाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

नेताहरु भने दिनभर सानेपास्थित पार्टी कार्यालयमा थिए । स्रोतकाअनुसार विभाग थप गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक प्रभाभित भएको हो ।

‘विभाग गठन गर्ने हो बैठकमा सहभागी हुँदैनौं भनेर रामचन्द्र पौडेल सहितका नेताहरु हलमा उक्लिुन भएन । बैठक १४ गतेलाई स्थगित भयो’, एक नेताले भने ।

स्रोतकाअनुसार एक कार्यक्रमका क्रममा देउवाले विभाग थप गर्ने प्रस्ताव वरिष्ठ नेता पौडेलसामू राखेका थिए । पौडेलले यसबारे छलफल नभएको भन्दै मानेनन् । तर देउवाले बहुमतका आधारमा पनि निर्णय गर्छु भनेपछि पौडेल समूहका नेताहरु केन्द्रीय समिति बैठकमा जान नमानेको समूहका एक नेताले बताए ।

संस्थापन पक्षका एक नेताले भने नमिलेका विभागहरु पुनगर्ठन गर्नु उपयुक्त हुने बताएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने विधानको (परिच्छेद ८ को ३२ को उपधारा ८ं) अनुसार तीन जनाको नाम प्रस्ताव गर्नुपर्ने भए पनि धेरै आएकाले बैठक बस्न नसकेको बताए । उनका अनुसार यसबारे जिल्लालाई सचेत गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment