Comments Add Comment

‘माछा माछा’को ट्रेलरमा भोलाको पछि सौगात

कात्तिक २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘माछा माछा’को ट्रेलर सार्वजनिक भएको छ । नौमती इन्टरटेन्मेन्ट प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा लेखन तथा निर्देशन सुनिल गुरुङको छ ।

रामबाबु गुरुङ र दयाहाङ राइ निर्माता रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सह–निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मणिराम पोखरेल छन् । चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणी नेपाल, धु्रव कोइराला, बसन्त भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अनुपम शर्माको संगीत, प्रविण सिंहको कोरियोग्राफी छ । चलचित्रले एक व्यक्तिलाई मार्न पैसा लिएका तीन यूवा र उनीहरुको दौडधुपको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment