Comments Add Comment

सौगात र रायनालाई स्वर्ण

८ कात्तिक, काठमाडौं । नेपालका सौगात विक र रायना शाहले एसियाली यू–१४ र्‍याङ्किङ सी–२ टेनिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

शुक्रबार भएको पुरुषतर्फको एकल स्पर्धामा सौगात तथा गर्ल्समा रायना पहिलो भएका हुन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सौगातले नेपालकै चिराग तिम्सिनालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । सौगातले प्रतियोगितामा दोहोरो स्वर्ण जिते । बिहीबार पुरुष डबल्समा सौगातले भारतका मनुराज सिंहसँग मिलेर स्वर्ण जितेका थिए ।

महिला डबल्समा नेपालका अजा रेग्मी र शुभाङ्गीलक्ष्मीको जोडीले स्वर्ण जितेका थिए । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको महिला एकलतर्फको उपाधि भिडन्तमा रायनाले शुभाङ्गीलक्ष्मी शाहलाई ६–० र ६–३ को सीधा सेटमा हराइन् ।

पाँच दिने प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ४७ खेलाडी सहभागी थिए । नेपालबाट सर्वाधिक ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । भारतबाट ६, स्वीट्जरल्यान्डबाट २ तथा जापान र मलेसियाबाट समान १–१ खेलाडीले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment