
८ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए ।
भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4