
९ कात्तिक, ललितपुर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’ सम्भव नभएको बताएका छन् ।
कांग्रेसबाट निर्वाचित गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ गच्छदारले भने, ‘म भन्दा ठूलो पार्टी हो, पार्टीभन्दा मधेश । र, मधेशभन्दा देश ठूलो भएकाले यसलाई विभाजन गरेर हासिल गर्न सक्किन्न ।’
आफू थारु र जनजातिको हकमा लडेको भएपनि समग्र मुलुकको हितमा लड्नुपर्छ भनेर कांग्रेसमा लागेको उनले बताए ।
कार्यक्रममा कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4