Comments Add Comment

घरमा कुकुर पाल्नुहुन्छ ?

कुकुर आज्ञाकारी तथा बफादार प्राणाी हो । सुरक्षाका लागि धेरैले घरमा कुकुर पाल्ने गर्छन् । साथै घरको शोभाको रुपमा समेत कुकुर पालिन्छ । कुकुरका शौखिनहरु प्रशस्तै छन्, समाजमा । उनीहरु थरीथरीका कुकुर पाल्ने गर्छन् ।

त्यसो त घरमा कुकुर पाल्दा अनेकन फाइदा पनि मिल्छ । जस्तो कि, कुकुरसँग रमाइरहँदा हामीले तनाव भुल्छौं । यसैगरी कुकुरलाई बिहान साँझ डुलाउँदा व्यायाम हुन्छ । यस्ता थुपै्र फाइदा छन्, कुकुर पाल्नुको ।

व्यायाम हुने

घरमा कुकुर पाल्नाले व्यायामका लागि अभिप्रेरणा मिल्न सक्छ । जब तपाई व्यायाम नगर्ने सोच बनाउनु हुन्छ, तब घरको ढोकामा कुरेर बसेको कुकुरले तपाईलाई बाहिर निस्कनको लागि बल गर्न सक्छ । त्यतिमात्र हैन, कुकुरसित दैनिक तीस मिनेट पैदल हिडेमा समेत यसले स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउन सक्छ ।

तनाव कम गर्छ

कुकुरलाई लिएर गरिएको विभिन्न अध्ययनहरुमा के पाइएको छ भने घर पालुवा कुकुरले तनाव कम गर्न मद्दत गर्छ । कुकुरसित बस्ने , खेल्ने तथा प्रत्येक दिन कुकुरलाई हेर्नाले मात्र पनि मानसिक तनाव  कम गर्न सकिन्छ । विभिन्न अनुसन्धानहरुले जनाए अनुसार घरमा कुकुर पाल्नाले वा कुकुरको स्मामित्व ग्रह गर्नाले स्ट्रेस हर्मोन कम हुने गर्छ ।

सामाजिक जीवन सुध्रन्छ

कुकुरलाई विहानी पख डोर्‍याउनाले एक्सरसाइज मात्र हुँदन । सामाजिक जीवनमा पनि सुधार आउँछ । अन्जान मानिसहरुसितको निकटता बढ्छ । मानिसहरु एकआपसमा परिचित हुन्छन् । बोलीचाली बढ्छ । उस्तै परे केटाकेटीबची लभ समेत पर्छ ।

बच्चाहरुमा एलर्जीको जोखिम कम हुन्छ

कुकुर लगायत घर पालुवा जनावर वरिपरि हुर्कने बालबालिकामा एलर्जीको जोखिम कम हुने गर्छ । विशेषगरी, घर पालुवा जनावरसित हुर्कने बालबालिकाको इम्युन सिस्टम बलियो हुनुका साथै उनीहरुमा भविष्यमा घर पालुवा जनावर सम्बन्धि एलर्जी हुने सम्भावना कम हुने गर्छ ।

मुटु स्वस्थ हुन्छविभिन्न अध्ययनहरुले जनाए अनुसार कुकुर पाल्ने परिवारमा मुटु रोगको जोखिम कम हुने गर्छ । र उनीहरुको मुटु स्वस्थ रहने सम्भावना उच्च हुन्छ । अझ कयौ अनुसन्धानमा के पाइएको थियो भने कुकुर पाल्ने मानिस नपाल्नेको तुलनामा हृदयघातबाट जोगिने सम्भावना उच्च हुन्छ ।

रोग लाग्दैन

कुकुर पाल्ने मानिसमा स्वास्थ्य सम्बन्धि केही समस्या हुने गर्छ । कुकुर नपाल्ने मानिसको तुलनामा उनीहरुको रगतमा ट्राईग्लिसिराईड तथा कोलेस्ट्रोलको मात्रा कम हुने गर्छ । त्यस्ता व्यक्तिहरु किटाणुको निरन्तर सम्पर्कमा रहने गर्छन्, जसले  मानिसको रोग प्रतिरोधात्मक क्षमताको विकास हुने गर्छ । परिणामस्वरुप, कुकुर पाल्ने घरका मानिसलाई रोगको संक्रमण हुने सम्भावना न्युन हुने गर्छ ।

सुरक्षित महसुस हुन्छ

घरको सुरक्षाको कुकुर राम्रो मानिन्छ  ।  यसले घरलाई सुरक्षा प्रदान गर्छ । अध्ययनहरुले जनाए अनुसार भुक्ने कुकुरले चोरलाई घरमा प्रवेश गर्नबाट रोक्छ । जसले गर्दा मानिसहरुलाई सुरक्षित महसुस भई मानसिक तथा शारीरीक तनाव कम हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment