Comments Add Comment

सी चिनफिङ बने मनोज गजुरेल !

सुरुङ र मेट्रो रेलमाथि कडा व्यंग्य

१० कात्तिक, काठमाडौं । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिनय गरिसकेका हास्य कलाकार मनोज गजुरेलले यसपालि चिनियाँ राष्ट्रपति सी चिनफिङको अभिनय गरेका छन् ।

तिहारको उपलक्ष्यमा सिस्नो पानी नेपालले आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा हास्य कलाकार गजुरेल चिनियाँ राष्ट्रपतिको भेषमा उपस्थित भएका हुन् ।

चिनियाँ राष्ट्रपतिका रुपमा आफूलाई प्रस्तुत गर्दा निकै मिहेनत गर्नुपरेको गजुरेलले अनलाइनखबरलाई बताए ।  खास गरी आफ्नो नाक लामो भएको अनुहार आर्यनको भएकाले सी चिनफिङजस्तै देखिन गाह्रो परेको उनको अनुभव छ ।

नाक र आँखाले साथ नदिएपछि गजुरेलले अनुहारमा सीजस्तै देखिने मास्क लगाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायतको उपस्थितिमा आयोजना गरिएको देउसी कार्यक्रममा सीताराम कट्टेल धुर्मुसले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘क्यारिकेचर’ गरेका थिए ।

चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्रीवीचको प्रहसनमा सीले ओलीलाई खेलौनारुपी सुरुङ र मेट्रो रेल उपहार दिँदै बासबारी छाला जुत्ता र ट्रली बसजस्तो नहोस् भन्दै व्यंग्य गरेका थिए ।

कार्यक्रममा मनोज गजुरेल जोगीमो भेषमा समेत प्रस्तुत भएका थिए ।

प्रज्ञा प्रतिष्ठान र सिस्नोपानी नेपालको संयुक्त आयोजनामा प्रदर्शित देउसी कार्यक्रममा देउसी कार्यक्रममा कलाकारहरुले विभिन्न जातीका संस्कृति झल्कने नृत्यसमेत प्रदर्शन गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment