Comments Add Comment

चुरोट सल्काउँदा आगो लागेर वृद्धाको मृत्यु

१३ कात्तिक, काठमाडौं । आगलागी हुँदा काठमाडौं महानगरपालिका-१३ टंकेश्‍वरमा एक वृद्धाको मृत्यु भएको  छ । चुरोट सल्काउने क्रममा पर्दामा आगो सल्किँदा सिन्धुपाल्चोक सानोसिरुवारी नगरपालिका घर भएकी ७८ वर्षीया धनमाया श्रेष्ठको आगलागीमा परी मंगलबार राति मृत्यु भएको हो ।

आगलागीमा जलेर गम्भीर घाइते भएकी उनको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै दैलेखको नौमुले गाउँपालिका-६ गोगनपानी बस्ने प्रेमबहादुर थापाको घरमा दीपावलीको लागि मैनबत्ती बाल्ने क्रममा मंगलबार राति आगलागी हुँदा उक्त आगोमा जलेर ४ वर्षीया ईश्वरी थापाको मृत्यु भएको   छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उता मोरङको केराबारी गाउँपालिका-१ सेल्डिङमा ४९ वर्षीया हस्तमाया मगरको घरमा मंगलबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर उनको मृत्यु भएको छ । आगलागीबाट घर, घरभित्रका सम्पूर्ण सरसामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment