Comments Add Comment

४६ बर्षमा ऐश्वर्या, ‘राजकुमारी’ भन्दै अभिषेकले दिए शुभकामना

बलिउडकी सुन्दरी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आज आफ्नो ४६ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा ऐश्वर्यालाई उनका श्रीमान् अभिषेक बच्चनले निकै रोमिान्टक तरिकाले शुभकामना दिएका छन् ।

अभिषेकले लेखेका छन्–‘जन्मदिनको धेरै धेरै शुभकामना, प्रिन्सीपेसा’ । अभिषेकले आफ्नी जीवनसाथीलाई राजकुमारी भन्दै शुभकामना दिएका हुन् । विश्व सुन्दरी भैसकेपछि बलिउडमा प्रवेश गरेकी ऐश्वर्या केही बर्ष अघिसम्म नम्बर १ नायिकाको स्थानमा थिइन् । तर, बिहेपछि उनको करिअर कमजोर बन्यो र उनलाई अन्य नायिकाले उछिने ।

ऐश्वर्या अहिले पनि ठूलो पर्दामा सक्रिय छिन् । तर, उनको धमकेदार चलचित्र भने अझै आएको छैन । उनै, अब निर्देशक मणिरत्नमको नयाँ चलचित्रमा देखिने तयारीमा छिन् । नायक सलमान खानको प्रेम सम्बन्धमा रहँदा सर्वाधिक चर्चामा रहेकी यी सुन्दरीले पछि नायक अभिषेक बच्चनसँग बिहे गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment