+
+
Shares

एसिड छ्याप्ने अभियुक्त साढे ६ बर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १६:०८

१५ कात्तिक, हेटौंडा । विवाहको प्रस्ताव अस्वीकार गरेको कारण हेटौंडा मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसीड छ्याप्ने अभियुक्तलाई प्रहरीले साढे ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक दिलीपराज केशरी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

२०७० साल बैशाख ९ गते विन्दवासीनीलाई एसिड प्रहार गरी भारतमा लुकेर बसेका दिलीपराज केशरीलाई बारा प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । भारत महाराजगंज अमरपुर्वन-६ का राज भनिने दिलिपराज केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

हेटौंडामा बस्दै आएका केशरीले कंशाकारलाई २०७० साल बैशाख ९ गते पसलमै गएर एसिड प्रहार गरी फरार भएका थिए । केशरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बाराका प्रहरी नायव निरीक्षक सागर शम्सेर जबरासहितको टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका भलोहीमा लुकिछिपी बसेको अवस्थामा बिहीबार राति ९ बजे पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

केशरीलाई ज्यान मार्ने उद्योगमा मुद्धा अघि बढाएको उनले बताए । मुलुकी ऐन अन्तर्गत ज्यान मार्ने उद्योग मुद्धामा ५ वर्षदेखि १२ वर्ष कैद हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?