Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकको प्रभातफेरी

१७ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष पुुरा गरी १६औंै बर्षमा प्रवेश गरेको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गर्‍यो ।
बैंकको केन्दि्रय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्दि्रय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो ।

”सांगि्रला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच” भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बाषिर्क उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान-जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौंमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

वाषिर्क उत्सवकै अवसरमा आइतबार विहान ८ बजे नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वाषिर्कोत्सव मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment