+
+
Shares

नेपाली सेनाले ल्यायो नयाँ विमान

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १६ गते २०:२९

१६ कात्तिक, काठमाडौं । नेपाली सेनाको नयाँ कार्गो विमान काठमाडौं आईपुगेको छ । इन्डोनेसियाबाट खरिद गरिएको नयाँ ट्रान्सपोर्ट विमान काठमाडौं आइपुगेको हो ।

यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ ।

दुई वर्षअघि भएको सीएन २३५-२२० विमान खरिद सम्झौता अनुरुप विमान काठमाडौं आईपुगको सेनका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

करिब ३ अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको छ । यो विामनले ५१ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ । यो विमान सैन्य तालिमहरुमा पनि उपयोग गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?