News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल गर्न लागेको छ ।
- समितिले पर्सि बिहान १० बजे सिंहदरबारस्थित सभाकक्षमा बैठक राखेको छ ।
- बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई बोलाइएको छ ।
२२ भदौ, काठमाडौं । संसदीय समितिले दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनबारे छलफल गर्दै छ ।
मूल्यवृद्धि लगायतको विषयमा समाजमा प्रश्न उठिरहेका बेला प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले छलफल गर्न लागेको हो ।
यसका लागि पर्सि बिहान १० बजे श्रम तथा उपभोक्ता हित समितिको बैठक राखिएको छ ।
बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमै बस्नेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको छ ।
उद्योगमन्त्री चौधरी र उद्योगसचिव दुवाडीलाई बोलाएर संसदीय समितिले प्याज, चिनी, ग्यास लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि र आपूर्ति व्यवस्थापनबारे छलफल गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4