+
+
Shares

विपद् प्रभावितहरूको आधारभूत मानव अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानव अधिकार आयोगले रसुवा र नुवाकोटमा बाढी प्रभावितको आधारभूत मानव अधिकार संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।
  • आयोगको उच्चस्तरीय टोलीले भदौ १० को बाढीपछि स्थलगत अनुगमन गर्दा खानेपानी, बिजुली, स्वास्थ्य सेवा र उद्धार सामग्री अभाव पाइएको छ।
  • आयोगले प्रभावित क्षेत्रमा प्राविधिक टोली, सुरक्षाकर्मी र वैकल्पिक यातायातको व्यवस्था गर्न आग्रह गरेको छ।

२२ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह गरेको छ ।

भदौ १० गतेको बाढीबाट प्रभावितहरूको मानव अधिकार अवस्थाको बारेमा आयोगका सदस्य लीली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनपछि आयोगले यस्तो आग्रह गरेको हो ।

अनुगमनका क्रममा बाढीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको, प्रभावित क्षेत्रमा खानेपानी, विजुली, स्वास्थ्य सेवाको अभाव देखिएको, उद्धार कार्यमा विज्ञहरुको अभाव रहेको आयोगले जनाएको छ ।

सुरक्षाकर्मीको संख्या न्यून रहेको, उद्धार सामग्रीहरुको कमी रहेको, सर्वसाधारणको आवतजावतमा समस्या देखिएको लगायतका समस्याहरु आयोगले गरेको अनुगमनका क्रममा पाइएको जनाइएको छ ।

यसआधारमा सरकारले तीन वटा विषयमा सरकारको ध्यानाकर्षण गरेको छ–

(क) बाढीले रसुवा र नुवाकोट जिल्लामा आधारभूत आवश्यकताका भौतिक संरचनामा क्षति पुर्याएको हुँदा खानेपानी, विजुली, स्वास्थ्य सेवा जस्ता आधारभूत सेवाहरु नियमित रुपमा संचालन गरी प्रभावितहरुको मानव अधिकारको संरक्षण गर्न विज्ञता सहितको प्राविधिक टोलीको  व्यवस्था  र परिचालन गर्न, गराउन ।

(ख) उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन सुरक्षाकर्मीको सङ्ख्या वृद्धि गरी उद्धार कार्यलाई निरन्तरता दिन र उद्धार टोलीका लागि उद्धार सामग्रीहरुको पर्याप्त व्यवस्था गर्न, गराउन ।

(ग) यातायात तथा आवातजावत बन्द हुँदा नागरिकको दैनिक जनजीवनमा प्रभाव परेको हुँदा  वैकल्पिक यातायातको व्यवस्था गर्न, गराउन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?