News Summary
Generated by OK AI. Editorially reviewed.- ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावितको राहत र उद्धारका लागि सरकारलाई २० लाख रुपैयाँ सहयोग गरेको छ ।
- कम्पनीका प्रतिनिधि डेभिड यिङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
- प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने र सोही कोषमार्फत खर्च गरिने छ ।
१६ भदौ, काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा सघाउ पुर्याउने उद्देश्यले ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सरकारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीका प्रतिनिधि डेभिड यिङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
यसरी प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने र सोही कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा खर्च गरिने छ ।
चेक ग्रहण गर्दै मन्त्री यादवले विपद्को यस कठिन परिस्थितिमा उच्च मानवीय भावना प्रदर्शन गर्दै सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद दिइन् ।
विपद्को समयमा निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्राप्त हुने यस्ता सहयोगले सरकारको राहत र उद्धार अभियान थप सशक्त र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री यादवको भनाइ छ ।
प्रतिक्रिया 4