News Summary
Generated by OK AI. Editorially reviewed.- वरुण बेभरेजेज नेपाल प्रालिले रसुवालगायत क्षेत्रमा आएको बाढीपीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
- कम्पनीको उच्च व्यवस्थापन टोलीले सीएसआरअन्तर्गत सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।
- कम्पनीले सरकारको एकद्वार प्रणालीमार्फत राहत, उद्धार र पुनर्स्थापनामा सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
१५ भदौ, काठमाडौं । रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले वरुण बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त सहयोग रकम प्रदान गरेको हो । कम्पनीको उच्च व्यवस्थापन टोलीले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
हालै रसुवा भोटेकोशी तथा आसपास क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यसाथ कम्पनीले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
वरुण बेभरेजेज नेपालले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सीएसआर अन्तर्गत सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गरेको हो ।
कम्पनीले आगामी दिनमा पनि आवश्यकता र परिस्थिति अनुसार सामाजिक उत्तरदायित्वका क्षेत्रमा आफ्नो सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ
प्रतिक्रिया 4