News Summary
Generated by OK AI. Editorially reviewed.- केआईईसीले भोटेकोशी क्षेत्रसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
- उक्त रकम केआईईसी मुख्य कार्यालय र देशभरिका शाखाको संयुक्त पहलमा संकलन गरी कोषमा जम्मा गरिएको हो ।
- केआईईसीले विपद्मा परेका नागरिकका लागि नगदसँगै रक्तदान, अत्यावश्यक सामान संकलन र राहत वितरण पनि गरिरहेको जनाएको छ ।
१५ भदौ, काठमाडौं । भोटेकोशी क्षेत्र लगायत देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी र लेदोसहित पहिरोका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै, केईआईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
उक्त सहयोग रकम केआईईसी मुख्य कार्यालय सहित देशभरिका शाखाको संयुक्त पहल र योगदानमा संकलन गरी कोषमा जम्मा गरिएको हो ।
अहिलेको टड्कारो आवश्यकता भनेको विपद्मा परेका नागरिकको ‘गाँस र स्वास्थ्य’ दुवै जोगाउनु हो । बाढीपहिरोका कारण सिर्जित खाद्यान्न अभाव र त्यसपछि फैलिन सक्ने सम्भावित महामारी ध्यानमा राखेर केआईईसीले नगद सहयोग बाहेक थप राहतका काम पनि गरिरहेको जनाएको छ ।
प्रभावितहरूको तत्काल आवश्यकता मध्यनजर गर्दै रक्तदान कार्यक्रम सहित अत्यावश्यक सामान संकलन गरी सम्बन्धित निकाय मार्फत पीडित समक्ष पुर्याउँदै आएको केआईईसीले जनाएको छ ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई आवश्यक राहत पुर्याउन र सरकारी स्तरबाट भइरहेका उद्धार तथा पुनर्स्थापनाका काममा नागरिक स्तरबाट हातेमालो गर्न सहयोग थालिएको जनाइएको छ ।
बाढीपहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति केआईईसीले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ र घरबारविहीन भएका प्रभावितको सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ ।
प्रतिक्रिया 4