Comments Add Comment

सलमानको प्रोडक्शनको फिल्ममा सुनिल थापा

नेपाली चलचित्र क्षेत्रमा ‘राते काँइला’ उपनामले परिचित कलाकार सुनिल थापाको नाम बलिउडमा पनि लोकप्रिय छ । उनले, बलिउडका केही सफल चलचित्रमा काम गरिसकेका छन् । ५ बर्ष अगाडि मात्र उनले नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’मा काम गरेका थिए ।

यसपछि, सुनिलले बलिउड चलचित्रमा काम गरेका छैनन् । अब, भने उनलाई बलिउड नायक सलमान खानको प्रोडक्शनबाट बन्न लागेको नयाँ चलचित्रबाट अफर आएको छ । ‘क्वाथा’ नामक चलचित्रमा सुनिलले काम गर्ने चर्चा चलेको छ । यो बिषयमा सुनिल भन्छन्–‘हो, मेरो कुराकानी भैसकेको छ । मौखिक रुपमा हामी काम गर्ने बिषयमा पक्का छौ । तर, लिखित सहमती भैसकेको छैन ।’

यो चलचित्रलाई करण भुटानीले निर्देशन गर्दैछन् । यही चलचित्रबाट नायिका कट्रिना कैफी बहिनी इसाबेल बलिउडमा प्रवेश गर्दैछिन् ।

सुनिलले चलचित्रमा मुखियाको भूमिकाका लागि अफर आएको बताए । उनका अनुसार, यो वास्तविक कथामा बन्न लागेको चलचित्र हो । डिसेम्बरमा चलचित्रको छायांकन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment