Comments Add Comment

शिक्षण अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच

फोक्सोको पानी निकाल्नु नपर्ने चिकित्सकहरुको निष्कर्ष

Photo Credit : onlinekhabar/File

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकहरुसँग परामर्श गरेका छन् । शिक्षण अस्पतालबाट ओली  बालुवाटार फर्किएपछि प्रधानमन्त्री निवासमै मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो । तेस्रो डायलासिसको तयारी भइरहेको छ ।

त्यसअघि प्रधानमन्त्री ओली आइतबार विहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएका हुन् । त्यहाँ प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो । त्यसक्रममा फोक्सोमा जम्मा भएको पानी अहिले नरहेको पाइएको छ । ‘चेकजाँच गर्दा फोक्सोको पानी निकाल्नु पर्दैन भन्ने निष्कर्षमा चिकित्सकहरु पुग्नुभयो र उहाँ फर्किनुभयो,’ सेन्टरका एक चिकित्सकले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओली परामर्श र सामान्य जाँचका लागि अस्पताल गएर बालुवाटार फर्किएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment