Comments Add Comment

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी  शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्रीले बोलाएको बैठक आइतबार १२ बजे पछि सुरु भएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर अघिल्लो हप्ता ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलासिस गरेर फर्किएका थिए । त्यसपछि उनले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

त्यसअघि प्रधानमन्त्री ओलीले विहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएका थिए । त्यहाँ प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो । डाक्टरहरुको टोलीले फोक्सोको पानी निकाल्नु नपर्ने निष्कर्ष निकालेपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित निवास फर्किएका थिए । उनी निवासमा फर्किएलगत्तै मन्त्रिपरिषद बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment