+
+
Shares

कृष्णनगर घटनाका आरोपी शाह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १६ गते १७:०९

१६ कात्तिक, बुटवल । कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ परेका छन् । शाहलाई कृष्णनगरस्थित निवासबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी दीप शमशेर जबराले बताए ।

उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने एसपी जबराले बताए । जमालमाथि लक्ष्मीपुजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको अवस्था निम्त्याएको आरोप छ । जमाल शाहलाई पक्राउ गरी कारवाही गर्न कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहले गृहमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए ।

बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जनर्‍यालीलाई प्रहरीले मुस्लिम वाहुल्य वस्तीबाट नलैजान आग्रह गरेको विषयलाई लिएर भएको विवादले उग्ररुप लिंदा कृष्णनगरमा कˆर्यु लगाइएको थियो । कफ्र्युकै क्रममा भएको झडपमा कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको थियो । बिहीबार बिहान ११ बजेदेखि कृष्णनगरमा लगाइएको कर्फ्यू  भने शनिबार बिहान ६ बजेबाट हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?