Comments Add Comment

बार्यन म्युनिखका प्रशिक्षक कोभाच बर्खास्त

काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखले प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ ।

फ्राङ्क फर्टसँग ५–० को लज्जास्पद हार व्यहोरेपछि बार्यनले प्रशिक्षक बर्खास्त गरेको हो । लिगमा १० खेल खेलेको बार्यनको यो सिजनको दोस्रो हार थियो र क्लब लिग लिडर बोरुसिया मानचाङ्लेबाखभन्दा चार अंकले पछाडि छ ।

क्रोएसियाका पूर्व मिडफिल्डर समेत रहेका कोभाच जुलाई २०१८ मा प्रशिक्षक नियुक्त भएका थिए र, उनको नेतृत्वमा क्लबले गत सिजन जर्मन लिग र कप जित्यो । उनको प्रशिक्षणमा बार्यन म्युनिखले ६५ खेल खेलेको थियो, जसमध्ये ४५ जित्यो ।

तर, शनिबार व्यहोरेको हार बुन्डेजलिगामा उसको १० वर्षकै सबैभन्दा ठूलो हार थियो । प्रशिक्षक कोभाचसँग छलफल गरेपछि उनलाई हटाउने निर्णयमा पुगेको क्लबले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment