Comments Add Comment

‘मिस्टर नेपाली’ राष्ट्रियता बोकेको कमर्सियल फिल्मः भुवन केसी

कात्तिकको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् ।

नायक केसी भन्छन्–‘चलचित्रमा म मुख्य नायक होइनँ । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’ देव भुषालको निर्देशनमा तयार भएको चलचित्रमा भूवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

चलचित्रको कथा साहिलको वरिपरी घुमेको छ । भूवनले भने–‘यो चलचित्रले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा चलचित्र बनेको छ ।’ चलचित्रमा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने विश्वास भूवनले गरे ।

प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रको अहिले प्रचारप्रसार तिव्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment