Comments Add Comment

हेटौंडामा बहुप्राविधिक महाविद्यालयको शिलान्यास

१९ कात्तिक, हेटौंडा । भारत सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिका –६ मा निर्माण हुने नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको मंगलबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव पहिलो पटक भारत भ्रमणमा गएका बेला महाविद्यालय निर्माण गर्ने सम्झौता भएको थियो ।

निर्माणस्थलमा रहेका रुख काट्नुपर्ने र वन मन्त्रालयबाट भोगाधिकार स्वीकृत हुनुपर्नेलगायतका काममा ढिलाई हुँदा महाविद्यालयको निर्माण कार्य रोकिएको थियो । निर्माण स्थलमा २ हजार ३ सय ५१ वटा रुखहरु कटान भइसकेको छ । महाविद्यालय निर्माणका लागि एक हजार ९ सय सल्ला जातका र चार सय अन्य जातका रुख कटान गरिएको छ ।

महाविद्यालय निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्यको अनुगमन आफै गर्ने मुख्यमन्त्री पौडेलले बताए । चित्रपानी सामुदायिक वन क्षेत्रको साढे २७ विघा जमिन वन मन्त्रालयले बहुप्राविधिक विश्वविद्यालय निर्माणका लागि उपलब्ध गराएको छ ।

उपलब्धमध्ये १७ दश्शमलव ५ हेक्टर जमिनमा पूर्वाधार निर्माण हुने बताइएको छ । निर्माण हुने संरचना १९ हजार २ सय स्क्वायर मिटरको हुने छ भने १० दशमलव ९५ क्षेत्रमा भौतिक संरचना निर्माण गरिने प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषदका पोलिटक्निकल महाशाखाका निर्देशक विनय मिश्रले जानकारी दिए ।

भारतीय टीसीआईएन निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का दुई वर्षअघि लिइसकेको छ । महाविद्यालय निर्माणका लागि ५८ करोड ४४ लाख रुपैयाँ भारत सरकारले उपलब्ध गराएको छ । महाविद्यालयमा एक शैक्षिक सत्रमा २ हजार जना विद्यार्थी अध्धयन गर्न सक्नेछन् । दुई वर्षभित्र २६ वटा सुविधासम्पन्न भवन निर्माण भएपछि पहिलो चरणमा डिप्लोमा तहको आईटी, मेकानिकल र इलेक्ट्रोनिकक्स र कम्युनिकेशन विषय पढाइ हुनेछ ।

नेपाल र भारतबीचसम्झौता भएको एक दशकपछि हेटौडामा बहुप्राविधिक महाविद्यालय निर्माणको चरणमा पुगेको छ । दुई वर्षअघि भारत सरकारले निर्माणको लागि ठेक्का गरेको महाविद्यालय नेपाल र भारत सरकारबीच सम्झौता भएको १० वर्षपछि निर्माणको चरणमा पुगेको हो ।

नेपाल र भारतको राष्ट्रपतिस्तरमा २०६६ फागुन ४ गते हेटौडा–६ मा नेपाल भारत वहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment