Comments Add Comment

सिक्वेलमा काम गर्न नपाउँदा नरमाइलो : अक्षय

केही समय अगाडि अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘भुल भुलैया’को सिक्वेल चलचित्र ‘भुल भुलैया-२’ को निर्माण घोषणा भयो । सिक्वेल चलचित्रमा अक्षय अटेनन् ।

चलचित्रमा अर्का अभिनेता कार्तिक आर्यन पक्का भए । ‘भुल भुलैया’मा मात्र हैन्, अक्षयको मुख्य भूमिका रहेको दुई सफल सिरिज ‘हेरा फेरी’को तेस्रो सिरिजमा पनि कार्तिक पक्का भए ।

आफूले काम गरेको चलचित्रको सिक्वोलमा काम गर्न नपाउँदा उक्त चलचित्र निकै मिस हुने अक्षयले बताएका छन् । उनले भने, ‘आफूले काम गरेको चलचित्रको सिक्वोलमा काम गर्न नपाउँदा त्यो चलचित्र मिस त भइहाल्छ नि । जो कलाकार त्यस चलचित्रमा आउनु हुन्छ, उहाँले राम्रो काम गरेको हेर्ने मन हुन्छ ।’

‘वेलकम-२’ मा काम गर्न नपाउँदा आफूले उक्त चलचित्रलाई मिस गरेजस्तै ‘भुल-भुलैया’ र ‘हेरा फेरी’लाई पनि मिस गर्ने अक्षयले बताए ।

हालै, अक्षय कामर अभिनित चलचित्र ‘हाउसफुल-४’ रिलिज भएको थियो । यस चलचित्रले बक्स अफिसमा सुखद् व्यापार गर्यो । तर, समीक्षात्मक रुपमा भने चलचित्र कमजोर बन्यो । अक्षय अभिनित ‘सुर्यवंशी’, ‘लक्ष्मी बम्ब’ र ‘पृथ्वीराज’ दर्शकको प्रतीक्षामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment