Comments Add Comment

मृगौला पीडित अनमोलको लागि जापानबाट आर्थिक सहयोग

२१ कात्तिक, गुल्मी । दुबै मृगौला फेल भएका गुल्मीको तम्घास-८ का १५ वर्षीय बालक अनमोल श्रेष्ठलाई जापानमा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दुबै मृगौला फेल भएका बालक श्रेष्ठको अहिले काठमडौंमा उपचार भइरहेको छ ।

मृगौला पीडित बालक श्रेष्ठको उपचारका लागि जापानमा रहेका नेपालीहरुबाट संकलित २ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ रकम बिहीवार तम्घासमा एक कार्यक्रमकाबीच हस्तातरण गरिएको हो ।

जापानबाट आएका लालबहादुर कार्की, गोबिन्द पाण्डे, प्रवीन कार्की लगायतको टोलीले पीडित बालककी हजुर आमा मायादेवी शाक्यलाई उक्त नगद रकम हस्तातरण गरेका हुन् ।

रेसुङ्गा माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएका श्रेष्ठ केही महिना यता दुबै मृगौला फेल भएपछि काठमाडौंमा उपचार गराइ रहेका छन् ।

उनको उपचार गर्न धेरै रकम लाग्ने भएपछि पीडितको परिवारले सहयोगको अपिल गरेका थिए ।

जापानमा रहेका लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीका आजीवन सदस्य लालबहादुर कार्की, गोबिन्द पाण्डे, निरज कार्की लगायतको सक्रियतामा जापानमा रहेका ५४ जना गुल्मेलीले उक्त रकमको व्यवस्था गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment