Comments Add Comment

यूएसएडको सहयोग निरन्तर होस : अर्थमन्त्री

२१ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)बाट नेपालले निरन्तर सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् ।

युएसएडकी सहायक प्रशासक (एसिया ब्यूरो) ग्लोरिया डी स्टीलसँगको भेटमा अर्थमन्त्रीले उक्त धारणा राखेका हुन् । उनले लामो समयदेखि नेपालको विकासमा गरिरहेका सहयोगका लागि धन्यवादसमेत दिए ।

भेटमा यूएसएडकी सहायक प्रशाशक ग्लोरिया डी स्टीलले संघीयता कार्यान्वयनपछि नेपालको सामाजिक तथा आर्थिक विकासको अभियानमा यूएसएडको निरन्तर सहयोग रहने आश्वासन दिएकी छिन् ।

खासगरी स्थानीय तथा प्रदेश सरकारहरुको क्षमता अभिवृद्धिमा सहयोगको प्राथमिकता रहने उनको भनाइ थियो । अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक पारदर्शिता र बजेटको प्रभावकारी कार्यान्वयनमा सरकारले ध्यान केन्द्रित गरेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment