Comments Add Comment

५० वटा अण्डा खाने बाजी, ४२ अण्डा खाँदा खाँदै गयो प्राण

लोभले लाभ, लाभले विलाप भन्ने उखानै छ । झण्डै ३ हजार रुपैयाँको बाजी जित्ने लोभमा ५० वटा अण्डा कपाकप खाने बाजी थापेका एकजना व्यक्तिको अण्डा खाने क्रममै मृत्यु भएको छ ।

यो घटना भारतको उत्तरप्रदेशस्थित जयपुरमा भएको हो । ४२ वर्षका सुभास यादव नामका ती व्यक्तिले ५० वटा उमालेका अण्डा लगातार खाएर सक्ने बाजी थापे आफ्ना साथीसँग । यदि ५० वटा अण्डा खान सकेमा सुबासले २ हजार भारु जित्ने थिए । त्यसैले सुबासका साथीले ५० वटा उमालेका अण्डा किनेर सुबासलाई खान दिए ।

सुबासले कपाकप अण्डा खान सुरु गरे । ४१ व्टासम्म अण्डा उनले सरासर खाए । तर जब ४२ औँ अण्डा मुखभित्र हालेका मात्र के थिए उनी अचेत भएर लडे ।

स्थानीयहरुको सहयोगमा उनलाई तत्कालै जिल्ला अस्पताल लगियो । तर अस्पतालमा उनलाई डाक्टरहरुले बचाउन सकेनन् ।

एनको मृत्युको खास कारण के हो ? भन्ने पत्ता लागि नसकेको भएपनि डाक्टरहरुले चाहिँ अत्यधिक अण्डा खाएका कारण उनको मृत्यु भएको हुनसक्ने बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment