+
+
Shares

अस्पतालमा विचौलियाको काम गरेको आरोपमा दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १८:२०

२१ कात्तिक, जनकपुरधाम । सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई ललाई फकाई नीजि क्लिनिकमा लैजाने गरेको आरोपमा प्रहरीले दुई जना बिचौलियालाई जनकपुरधामबाट नियन्त्रणमा लिएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ओपिडी सेवामा उपचारका लागि आउने बिरामी तथा बिरामीका आफन्तलाई अन्यन्त्र नीजि क्लिनिकमा लगेर बिचौलियाको काम गर्ने उनीहरुलाई बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नम्बर ८ बस्ने २५ बर्षीय मन्नु सिंह भनिने निर्मल साह र सोही ठाउँका ४० बर्षीय राजेश यादव छन् ।

दुबै जना बिचौलियाको काम गर्ने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुर शिर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?