+
+
Shares

भारतविरुद्ध ५३ प्रगतिशील वामपन्थीको संयुक्त विज्ञप्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते २१:५६

२१ कात्तिक, काठमाडौं । राजधानीमा विहीबार आयोजित एक भेलापछि ५३ जना प्रगतिशील लेखक तथा वाम विचारकहरुले कालापानीमा भारतीय हस्तक्षेपको विरोध गर्दै संयुक्त प्रेस वक्तव्य निकालेका छन् ।

विज्ञप्ति जारी गर्नेहरुमा खगेन्द्र सग्र्रौला, हरि रोका, निनु चापागाईं, स्वनाम साथी, लोकनारायण सुवेदी, रतन भण्डारी, प्रा.डा.जीवेन्द्रदेव गिरी लगायत छन् ।

भारतीय हस्तक्षेपको विरोधमा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘भारतको यस प्रकारको हस्तक्षेपकारी व्यवहारले नेपालको राष्ट्रियता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि गम्भीर चोट पुगेको प्रष्ट छ । भारतको यसप्रकारको हस्तक्षेपकारी तथा विस्तारवादी रवैयाको हामी समस्त बामपन्थी, लेखक, बुद्धिजीवी, कलाकार, पत्रकार, विद्यार्थी, राजनैतिक व्यक्ति लगायत आम स्वाभिमान् व्यक्तिहरूद्वारा सशक्त भर्त्सना गर्दछौं ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्षाैंदेखि भारतले नेपाली भूमि कालापानीमा आफ्नो सेना राख्दै आएको छ । त्यसका साथै नवलपरासीको सुस्ता, पर्साको छपकैया, झापाको महेशपुर, इलामको माने भञ्ज्याङ्ग लगायतका नेपाली सीमामाथि अतिक्रमण गरिएको छ । मूलुकको राष्ट्रियता तथा सार्वभौमिक स्वतन्त्रता रक्षाका लागि जस्तोसुकै आन्दोलन तथा प्रतिरोधको आवाज उठाउन प्रतिबद्धता जाहेर गर्दछौं ।’

पारिजात स्मृति भवन, म्हेपीमा विहीबार अक्टोवर क्रान्ति उत्सव मनाउन भएको भेलापछि संयुक्त वक्तव्य जारी गरिएको हो ।

भेलाले भारतीय हस्तक्षेपविरुद्ध कात्तिक २५ गते दिउँसो सरोकारवाला व्यक्ति तथा संस्थाहरुको भेला गर्ने समेत निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त वक्तव्यमा हस्ताक्षरकर्ताहरु

स्वनाम साथी, लोकनारायण सुवेदी, खगेन्द्र सग्र्रौला, निनु चापागाईं, हरि रोका, रतन भण्डारी, प्रा.डा.जीवेन्द्रदेव गिरी, मातृका पोख्रेल, समीर सिंह, आरबी भण्डारी, सुरज मेटाफोरिकल, लोककृष्ण भट्टराई, कौशल अधिकारी, नारायण शर्मा पौड्याल, हस्तबहादुर के.सी., विदुर खरेल, दीपकबहादुर शाही, सीता सुवेदी, सीता शर्मा, रामसिंह श्रीस, रणेन्द्र बराली, श्रीकृष्ण श्रेष्ठ, सावित्री कट्टेल, राजु खड्का, प्यारीकुमारी राई, डा. चूडा ढकाल, टी.आर. रिजाल, नीलकण्ठ तिवारी, रविप्रसाद गुरागाई, जीवन जोशी, शिवबहादुर बस्नेत, शिवराज फुयाँल, शङ्कर दुलाल, उदय श्रेष्ठ, प्रवीण शुक्ल, रविन्द्रकुमार श्रेष्ठ, मिलनकुमार लामा, विकासबाबु श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, कृष्ण आचार्य, शिव अधिकारी, कर्ण परियार, डिल्ली अधिकारी, हेमराज आश्रम, कृष्णहरि भट्ट, राजेन्द्र खरेल, कम्रेड ज्वाला, भोला ढकाल, विष्णुहरि देवकोटा, सरल सहयात्री, राम विनय, माधव प्रधान र लोकेन्द्र आर.सी. ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?