Comments Add Comment

जर्जिया पठाइदिने भन्दै साढे ७ लाख ठगी गर्ने एक पक्राउ

२२ कात्तिक, काठमाडौं । जर्जिया पठाइ दिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले मोरङको उर्लावारीबाट पक्राउ गरेको छ

पक्राउ पर्नेमा मोरङको पथरी नगरपालिका-१ का ४३ वर्षीय रामकृष्ण राई रहेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बस्ने कामे शेर्पालाई जर्जियामा क्लिनरको काममा पठाइदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी गरी राई फरार भएका थिए ।

मासिक ९० हजार तलव, खान तथा बस्न समेत कम्पनीले नै दिने प्रलोभन देखाई उनीसँग उक्त रकम ठगी गरेको उजुरीको आधारमा उनलाई बिहीबार लुकीछिपी बसिरहेको अवस्थामा उर्लाबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा राईले राजन राईबाट ३ लाख ५० हजार, ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

राईले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment