+
+

सिराहाबाट बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १८:४५

२४ कात्तिक, जनकपुरधाम । बहुविवाह मुद्दाको फरार एक प्रतिवादी सिराहाबाट पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले बहुविवाह मुद्दाको फरार प्रतिवादी भगवानपुर गाउँपलिका २ नहरा बस्ने ३५ बर्षीय रामविलास साहलाई पक्राउ गरेको हो । आइतबार दिउँसो उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बहुविवाह मुद्दामा जिल्ला अदालतबाट ११ महिना २० दिनको कैद सजाय पाएका साहलाई ईलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?