Comments Add Comment

आजका पत्रपत्रिका : भारतसँग वार्ता थाल्न नेकपाबाटै दबाव

भारततर्फ ५९ र चीनतर्फ ४ सीमा चौकी थपिँदै

२६ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि उत्पन्न क्रिया–प्रतिक्रिया आज पनि अखबारहरूको प्राथमिकतामा परेको छ ।

कान्तिपुरले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कालीनदीको मुहान नै सीमा भनेर निकालेको निष्कर्षलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, नक्सा तयार पार्न र स्थायी सुरक्षा क्याम्प राख्न पनि उसले सरकारलाई भनेको छ ।

भारतसित तत्काल वार्ता थाल्न नेकपाभित्रैबाट दबाव बढ्न थालेकोलाई पनि कान्तिपुरले यही समचारमा कम्पाइल गरेको छ । समाचार अनुसार, नेकपा नेताहरूले भारतसमक्ष प्रमाणसहितको दरिलो अडान राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

कान्तिपुर लेख्छ– नेताहरूले लामो समयदेखिको विवाद मिलाउने अवसर आएको भन्दै यसलाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । भारतीय नाकाबन्दीका बेला लिएको अडानका कारण ओलीको व्यक्तित्व र समग्रमा पार्टीको उचाइ बढेको सन्दर्भ उल्लेख गर्दै सचिवालयका नेताहरूले अहिले त्यस्तै खालको अर्को मिलेको बताएका छन् ।’

त्यस्तै, सरकारले चचीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ । नेपाली भूमि भारतले अतिक्रमण गरेको विषय चर्चामा रहेका बेला सरकारले भारतीय सीमा क्षेत्रमा ५९ र चिनियाँ सीमामा ४ वटा बीओपी स्थापना गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई स्वीकृति दिएको कान्तिपुर समाचारमा उल्लेख छ ।

अन्नपूर्णले ‘कालापानी क्षेत्रमा सुरक्षा शून्य’ शीर्षकमा मुख्य समाचचार बनाएको छ । भारतले कालापानी क्षेत्रमा सुरक्षा बढाइरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति शून्य रहेको भन्दै उसले चिन्ता व्यक्त गरेको छ । त्यस्तै अन्नपूर्णले नेपालको वास्तविक नक्सा पनि आज सार्वजनिक गरेको छ ।

नागरिकले सरकार नहुँदा सम्प्रभुतामा खलल पुगेको लेखेको छ भने गोरखापत्रमा बंगलादेशका राष्ट्रपति आज नेपाल आउन लागेकोलगायत खबर छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment