Comments Add Comment

दुईतिहाई सुन्दासुन्दा देउवा दिक्क !

२५ कात्तिक, हेटौंडा । ‘दुई तिहाईको कम्युनिस्ट सरकार…’ भन्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताको मुखमा झुण्डिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको आलोचना गर्दा धेरै नेताहरु यहीबाट सुरु गर्छन् ।

मंगलबार हेटौंडा भएको कार्यक्रममा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले सरकारको आलोचना गर्दा दुई तिहाई भन्न छुटाएनन् । तर कांग्रेस सभापति शेरबहादुर देउवा भने दुई तिहाई सुन्दासुन्दा दिक्क भइसकेका रहेछन् । त्यसैले मञ्चमा पुग्नासाथ भडि्कए ।

‘अझै प्रशिक्षण पुगेको छैन’ निकै आक्रमण रुपमा प्रस्तुत भएका उनले भने, ‘दुई तिहाई, दुई तिहाई । सबैलाई थाहा छ त, किन सम्झाउनुपर्‍यो दुई तिहाई ।’

‘मलाई त दिक्क लागिसक्यो’ उनले यसो भने । पार्टी सभापतिले अनपेक्षित विषयमा आक्रोस पोखेपछि प्रशिक्षणमा सहभागी नेता कार्यकर्तामाझ भने हाँसो छुटेको थियो ।

देउवाले जनयुद्ध शब्द प्रयोग गरेकोमा समेत आक्रोश पोखे । ‘ओलीले कहिल्यै जनयुद्ध भन्दैन । हामीलाई किन जनयुद्धजनयुद्ध भन्नुपर्ने ?’, उनले भनेका छन् ।

त्यो जनयुद्ध नभइ द्वन्द भएको उनले बताए । जनयुद्ध भन्ने हो भने सेना मारेको, कांग्रेस नेता कार्यकर्तालाई मारेको सही भन्नुपर्ने सभापति देउवाको धारणा थियो ।

देउवा भन्न मन नलागे कांग्रेस भन्नुस्

उनले अब भाषण गर्नेभन्दा पनि कसरी चुनाव जित्ने भनेर तालिम दिनुपर्ने बताएका छन् ।

सभापति देउवाले कांग्रेसलाई जिताए ६५ वर्षमा नै वृद्धभत्ता दिन्छौं भन्न नेताहरुलाई सुझाए । देउवा नेतृत्वको चुनावी सरकारले ६५ वर्षमा नै वृद्धभत्ता दिने निर्णय गरेको थियो, जुन निर्णयलाई चुनावपछि बनेको सरकारले खारेज गर्‍यो ।

देउवाले भने, ‘मैले त ६५ गरेकै हो नि । शेरबहादुरको नाम लिन अप्ठ्यारो पर्छ भन्ने कांग्रेस सरकारले भन्न सक्नुहुन्छ । तर ६५ वर्षमा (वृद्धभत्ता दिने) गर्छौं भन्नुस् न ।’

त्यसअघि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने नेकपा सरकारले दुई हजार वृद्धभत्ता दिएपनि कांग्रेसले २० वर्ष आयु दिएको भन्दै कुन ठूलो भन्ने प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment