Comments Add Comment

पिपरामा नेकपाका नेता समाजवादी पार्टीबाट उम्मेदवार !

समाजवादी र राजपाबाट छुट्टाछुट्टै उम्मेदवारी

२७ कात्तिक, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदका लागि १७ जनाले उम्मेद्वारी दिएका छन् ।

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्तरुपमा उम्मेदवारी दिने जनाए पनि दुबै दलबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।

राजपाबाट अध्यक्ष पदमा यसअघि निर्वाचित भएर निधन भएका विनोद चौधरीकी पत्नी रबिता चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् ।

तर, नेकपाकै अर्का नेताले उपेन्द्र–बाबुराम नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

समाजवादी पार्टीले रामजानकी यादवलाई उम्मेदवार बनाएको छ । रामजानकी यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनले १५७८ मत ल्याएका थिए । चौधरी केही दिन अघिमात्रै सत्तारुढ नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

नेकपाले भने गत स्थानीय चुनावमा निकटतम प्रतिद्वन्दी रहेका तत्कालीन एमालेका विक्रम चौधरीलाई नै उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुहोस पिपरा गाउँपालिकाको उपनिर्वाचनमा जनमत पार्टी पनि सहभागी

पिपरा गाउँपालिकाको अध्यक्षमा गत निर्वाचनमा राजपाका बिनोद चौधरी २ हजार ७ सय ७५ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन नेकपा एमालेका उम्मेद्वार विक्रमले १ हजार ८ सय ७३ मत ल्याएका थिए ।

कांग्रेसबाट विजय यादवको उम्मेदवारी परेको छ भने राप्रपा संयुक्तबाट सुनील ठाकुरले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव र नेपाल जनता पार्टीबाट रमाकान्त यादवले उम्मेदबारी दिएको निर्वाचन अधिकृत बिष्णु सुवेदीले जानकारी दिए ।

पिपरा गाउँपालिकाको चुनाव यसकारण पनि रोचक हुने देखिएको छ कि यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदबारी दिएको छ । यो पार्टीबाट अञ्जली देवी मण्डलले उम्मेदवारी दिएकी छन् ।

निर्वाचन अधिकृत सुवेदीका अनुसार अहिलेसम्म १७ वटा उम्मेदवारी परेको छ । तोकिएको समयभित्र अन्य उम्मेदवारहरु आएर फर्म भरिरहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment