+
+

पिपरा गाउँपालिकाको उपनिर्वाचनमा जनमत पार्टी पनि सहभागी

अध्यक्षमा अञ्जलीदेवीले दिइन् उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १३:४६

२७ कात्तिक, काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।

मंसिर १४ गते उपनिर्वाचन हुने उक्त पदमा जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवारी दिएको पुष्टि गर्दै लाउडस्पिकर (हर्न) छाप लिएर चुनाव लडेको बताएका छन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिका १ को वडाअध्यक्ष पदमा पनि उम्मेदवारी दिएको उक्त पार्टीले जनाएको छ । त्यहाँ दिनेश राय यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?