Comments Add Comment

बंगलादेशका राष्ट्रपतिले प्रचण्डलाई भने–तपाईं क्रान्तिकारी नेता हो

२७ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई क्रान्तिकारी नेता भन्दै प्रशंसा गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका हमिदसँग नेकपा अध्यक्ष प्रचण्डले बुधवार विहान होटल मेरियटमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा हमिदले प्रचण्डलाई आफूले क्रान्तिकारी नेताका रुपमा चिनेको भन्दै नेपालको परिवर्तनमा प्रचण्डको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डको जनयुद्धकालीन नेतृत्वतर्फ हमिदले संकेत गरेको हुनसक्ने नेकपा नेताहरु बताउँछन् ।

भेटमा सहभागी नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष प्रचण्डले नेपाल र बंगलादेश ३० किलोमिटरको सिमानाले छुट्याइएको छिमेकी मुलुक रहेको भन्दै दुई देशबीच ब्यापार तथा पर्यटनको क्षेत्रमा सहयोग आदान प्रदान हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment