Comments Add Comment

यौन धन्दा : मोबाइलबाटै मोलमोलाई

साँझपख तपाईं काठमाडौंकाु मुटु रत्नपार्क वरपर पुग्नु भयो भने वातावरण बेग्लै देख्न सक्नु हुनेछ । कुनै बेला साँझ छिप्पिएपछि सडक वरपर देह व्यापारका लागि मोल-मोलाइ भैरहेको दृष्य खुलेआमा देखिन्थे । पछिल्लो अवधिमा भने त्यस्ता दृष्यहरु देखिन केही कम भएको छ । के त्यसो भए शहरमा देह व्यापारको धन्दा निर्मूल भएको हो र ? किन हुन्थ्यो, विगतमा एक-अर्काको सामुन्ने गरिने मोल-मोलाइ यतिबेला मोबाइल फोनमार्फत हुन थालेको छ ।

सडक किनारमा हुने देह ब्यापारको मोल-मोलाइ अचेल मोबाइलको एसएमएस तथा सामाजिक सञ्जालबाट हुन थालेको कुरा सुन्दा तपाईंलाई पनि आश्चर्य लाग्न सक्छ । यद्यपि, वास्तविकता भने त्यही नै हो । अचेल देह व्यापारको धन्दा सडकको किनारमा उभिएका दलालहरुमार्फत होइन, फेसबुक, ट्वीटर आदि सामाजिक सञ्जालमार्फत हुन थालेको तर्फ प्रहरीसमेत जानकार छ । यी सामाजिक सञ्जालमा सोझो म्यासेजको सुविधा भएकाले देह व्यापारका दलालहरुले त्यसको फाइदा उठाइरहेका छन् ।

अहिले जसले जुनसुकै युवतीलाई समेत म्यासेज पठाएर आफ्नो रुची प्रकट गर्न सक्छ । एक पटक तपाईंले कुनै युवतीको एकान्ट खोलेर हेर्न पाएको हुँदैन, सामाजिक सञ्जालका प्लेटफार्महरुले स्वतः तपाईंलाई खोजेर त्यस प्रकारका अन्य एकान्टहरु कुन-कुन हुन् र कसलाई फलो गर्न सकिन्छ भन्ने कुरा सजेस्ट गर्न थालिसक्छन् ।

झट्ट हेर्दा यी सबै प्रकृयाहरु निकै सुरक्षित लाग्छन्, यद्यपि चतुर व्यक्तिहरुले यसलाई नै लूटको माध्यम बनाइदिएका छन् । सामाजिक सञ्जालको प्रयोग गरेर हनी ट्रयाप गर्न समेत सहज भएको छ । डाइरेक्ट म्यासेज पठाएपछि हुनसक्छ कुनै सुरिलो तथा मदहोसी आवाज भएकी युवतीले तपाईंलाई कल ब्याक गर्लिन् र तपाईंलाई शहरको कुनै निर्धारित स्थानमा भेट्नका लागि आमन्त्रण गरुन् । यौन पिपाशु व्यक्तिहरु निकै चाँडै फस्छन्, चाहे उनीहरु असाध्यै धनाड्य हुन् अथवा तागाधारी नै किन नहुन् ।

यदि मुर्गा फस्यो भने उनीहरुले हजार तरिकाले लुट्छन् । धेरै पटक त धम्क्याएर समेत पैसा असुलिन्छ भने कैयौं पटक सेक्स सिनको फोटो खिचेर लामो समयसम्म ब्ल्याकमेल गरिन्छ । भारतमा घटेको एउटा यौन-घटनामा कतारका एक जना भारतीय व्यवसायीले यौन सम्बन्ध राखिरहेको बेला भिडियो खिचियो र त्यही भिडियोमार्फत उनीसंग ५० लाख रुपैयाँ मागियो । ती व्यवसायीले हिम्मत गरेर प्रहरीमा उजुरी दिए, तर ती दलालहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेका छैनन् । प्रहरीले ती युवतीहरुलाई मात्र गिराफ्तार गर्न सफल भयो ।

सामाजिक सञ्जालका ती विभिन्न वेबसाइटहरु, जो एकातिर लोकतन्त्रको नयाँ आवाज झैं लाग्दथे, अहिले वेश्यावृत्तिको बजार तथा नाइट क्लबहरुको राम्रो प्लेटफार्म हुन थालेको छ, जहाँ युवतीहरुको उपस्थिति अत्यधिक हुन थालेको छ । यौनका ग्राहकहरुको संख्या पनि सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहनाले मानिसहरु सहजै फस्नका लागि तयार हुन्छन्, फसाइनेहरुलाई पनि तयार पार्न थालिएको छ । युवतीहरुलाई कहिले पैसाको प्रलोभन देखाएर त कहिले ब्ल्याकमेल गरेर यौन व्यवसायमा उतार्ने गरिएको छ । पहिला-पहिला युवतीहरुलाई धम्क्याएर, कुटपिटमार्फत डर देखाउने गरिन्थ्यो, आज उनीहरुको नांगा तस्बिरहरु अथवा उनीहरुलाई बलात्कार गरेका भिडियोहरु भाइरल गराउने धम्कि दिएर समेत उनीहरुलाई यौन व्यवसायमा आउन दवाव दिन थालिएको छ ।

युवतीहरुका लागि मोबाइल तथा सम्पूर्ण एप्सहरु स्वतन्त्रताको चाबी होइन, ती त गुलामीका नयाँ पिँजडा हो, जसमा थोरै मात्र असावधानी अथवा गल्तिले समेत उनीहरुका लागि निकै महंगो पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment